रेखा थापा (नायिका) : सेक्सको आवश्यकता नै त पर्दैन भन्दिनँ


तपाईंलाई सेक्सको आवश्यकता कत्तिको पर्छ ?
वयस्क महिला हुँ, सेक्सको आवश्यकता नै त पर्दैन भन्दिनँ, तर कामको व्यस्तता र तनावका कारण यो विषयमा सोच्ने फुर्सद पनि हुँदैन।  त्यस्तै दुई हप्तामा एकपटक चाहिं गरिएला !

तपाईंको दृष्ट्रिमा सेक्स के हो ? 
सेक्स भनेको साधना हो। म यसलाई पूजाका रूपमा लिन्छु। 

सेक्समा पनि साधना र पूजा भन्ने हुन्छ र ? 
अवश्य हुन्छ। सेक्स दाल-भात खाएजस्तो सजिलो कार्य होइन। यसका लागि राम्रो वातावरण, राम्रो मुड, गोप्यता अनि शुद्धता आवश्यक हुन्छ। 

मानिसहरू त सेक्स भनेपछि मरिहत्ते गर्छन् नि ? 
त्यो त यसलाई नबुझेका मानिसहरूले गर्ने कुरा हो। सेक्समै लालायित मानिसहरू मात्र यसका बारेमा चौबीसै घण्टा सोचिरहन्छन् तर  संसारमा त्यस्ता धेरै ब्रह्मचारी, योगी एवं संन्यासीहरू छन् जो सेक्स नगरीकनै बाँचेका छन्। 

सेक्स नै नभएको भए के हुन्थ्यो होला ? 
सायद तपाईं-हामी कसैको पनि अस्तित्व हुँदैनथ्यो।

कृष्ण भट्टराई | कान्तिपुर साप्ताहिक | १२ जेठ २०६९ मा प्रकाशित        
Visit Our Web Site: www.GLamourNepal.Com

The Last Kiss | Behoshi Behoshi....


चलचित्र सायद : संयुक्त अधिराज्यमा प्रिमियर

स्वदेश प्रदर्शनको सातापछि सिनेमा सायद आइतबार संयुक्त अधिराज्यमा रिलिज भएको छ । प्रदर्शक संस्था रेडचिल्ली इन्टरटेनमेन्ट र इभेन्ट एन्ड आइडियाजले त्यहाँको होस्लो सहरमा सिनेमा प्रदर्शन गरे । आयोजकका अनुसार प्रिमियरमा आप्रवासी नेपाली खचाखच थिए । बेलायत प्रमोसनल टेलर प्रदर्शनबाट थालिएको प्रिमियरमा दर्शकले सिठी र तालीले खुशि जनाएको एक प्रदर्शकले बताए ।


स्थानिय पल रोब्सन थिएटरमा प्रदर्शन गरिएको सिनेमाका दर्शकले एकैसाथ सन्देश, कमेडी र मनोरञ्जन ग्रहण गरे । इङलिस प्रिमियर लिग फुटवल उत्कर्षतिर लम्किरहँदा सिनेमाले दिएको यो एडु-टेनमेन्ट अर्थपूर्ण रह्यो । प्रिमियरमा डायस्पोराका नेपाली मात्र होइनन्, एसिया र युरोप महादेशका गहुँगोरा र गोराले पनि सिनेमा हेरे । गोरालाई पनि चाख लाग्यो ।

प्रदर्शकले पठाएको इमेलमा सायद हेरिसकेपछि दर्शकले उत्साहजनक प्रतिक्रिया जनाएको र प्रिमियरले आफूलाई नेपाली सिनेमाको ब्यावसायीक प्रदर्शनमा ऊर्जा थपेको उल्लेख गरिएको छ । पहिलो साता ४८ लाख ग्रससहित स्वदेश पिकअप जारी राखेको सिनेमा बेलायतमा रिलिज भएको छ । अमेरिकाबाट कुनै विवरण प्राप्त भएको छैन । अन्य महादेशमा पनि सिनेमा रिलिजको तयारी भैरहेको सिनेमाको ओभरसिज वितरक स्म्यासिङ एप्पलले जनाएको छ ।
Visit Our Web Site: www.GLamourNepal.Com

ब्यावसायिक क्षति : सायद, फूल र कवच


राजनीतिक संकटका कारण नेपाली सिनेमाले यसअघि यत्तिको ब्यावसायिक क्षति कहिल्यै खेप्नुपरेको थिएन । दुईसाताको बन्दले करोडभन्दा बढी क्षति सिनेमाले खेप्नुपर्‍यो । गहिँरिदो राजनीतिक संकटको असर सिनेमाले अझै कतिदिन खेप्नुपर्ने हो, अनुमानमात्र गर्न सकिन्छ । यसबीच रिलिज भएका सिनेमाले बन्दको प्रत्यक्ष स्वाद चाख्नुपर्‍यो । पछिल्लोसाता शुक्रबारदेखि पुनः बन्द निरन्तर छ । आइतबार र सोमबार पनि हल ठप्प छन् ।

तर, हामी यहाँ बन्दको बाबजुद पनि रिलिज भएका सिनेमाबारे चर्चा गर्छौं । रिलिजकै दिनदेखि बन्द खेपिरहेको सिनेमा सायदले ९ दिनमा ६५ लाख ग्रस कमाएको छ । डीसीएनका अनुसार पहिलोसाता ४८ लाख ग्रस कमाएको सिनेमाले दोस्रो सप्ताहन्त (शनिबारसम्म) १७ लाख कमायो । बन्दकै बीचमा पनि साना ब्यानरका दुई सिनेमा रिलिज भएपछि सायद यतिबेला १० पर्दामा खुम्चिएको छ । सिंगल स्क्रिनबाट उत्रिए पनि सायदका लागि मल्टिप्लेक्स दर्शक र टिकटको मूल्य राहतपूर्ण रहे ।

बन्दको साताअघि अलनेपाल रिलिज भनिएको फूलले राजधानी सर्किटबाट मात्र ५ लाख ग्रस कमायो र बक्सअफिसमा प्याकअप भयो । फूलको उक्त कमाइ दुई सातामा आर्जित हो । अर्को फर्मुला सिनेमा कवचले दुई सातामा १८ लाख ग्रस कमायो र बक्सअफिसमा प्याकअप भयो । त्यसअघि रिलिज भएको सिनेमा इकु ब्याक अगेन टिकटका झ्यालमा नराम्रोसँग पराजित भयो । शुक्रबार रिलिज भएका मार्‍यो नि मायाले मार्‍यो र हाम्रो भूमिले बन्द खुलेको दिन शनिबार राहत पाए, बन्दको दिनमा नतिजा राम्रो छैन ।Visit Our Web Site: www.GLamourNepal.Com